पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष ०७७÷०७८ का लागि नीति तथा कार्यक्रम तय गर्नका लागि विषयगत समितिहरुका लगातार बैठक बसिरहेका छन् ।
यसै क्रममा, हिजो नगर उपप्रमुख यमुना विष्ट वास्तोला संयोजक रहेको राजस्व परामर्श समितिको बैठकले राजस्व सम्बन्धी यस अघि छलफल भएर बाँकी रहेका विषयहरुमाथि छलफल बढाएको छ ।
त्यसैगरी, १ नम्वर वडाध्यक्ष बाबुराम एङदेन संयोजक रहेको भौतिक पूर्वाधार समितिको समेत आजै बैठक बसी विभिन्न बुँदाहरुमा छलफल गरेको छ ।
यसैबीच, नगरका वडाहरुले पनि वडागत नीति कार्यक्रम तथा योजना तय गर्नका लागि छलफल चलाउने क्रम अघि बढाएका छन् ।