गोपालमान श्रेष्ठले स्याङ्जासंगै पोखरामा पनि स्वास्थ्य सामाग्री पठाए !

गोपालमान श्रेष्ठले स्याङ्जासंगै पोखरामा पनि स्वास्थ्य सामाग्री पठाए !

कास्की : पुर्ब उप-प्रधानमन्त्री तथा नेपाली कांग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले करिब केहि समयबाट आफ्नो गृह जिल्ला स्याङ्जाका सबै स्थानीय तहमा आवश्यक स्वास्थ्य सामाग्री सहयोग गर्दै आउनु भएको छ।

हजारौं सर्जिकल मास्क र हजारौं सङ्ख्यामा सेनिटाइजर सहयोग गर्दै आउनुभएका नेता श्रेष्ठले पोखराका केहि गरिब परिवारलाई सहयोग गर्नु भनेर सयौं सर्जिकल मास्क र सेनिटाइजर पठाएका ने.वि. संघ कास्कीका नेता बिपिन पौडेललाई बताए।

हामीसंग कुरा गर्दै ने.वि. संघ कास्कीका नेता बिपिन पौडेलले आदरणीय नेता गोपालमान श्रेष्ठले गरिबलाई सम्बोधन गरि स्वास्थ्य सामाग्री पठाउनु भएको छ, १/२ दिनमा नै त्यो स्वास्थ्य सामाग्री केहि गरिब घर-परिवारलाई दिइने बताउँनु भयो।

साथै पौडेलले नेता श्रेष्ठलाई हार्दिक धन्यवाद व्यक्त गर्दै नेता श्रेष्ठ स्याङ्जालीको मनमा मात्र नभएर हरेक नेपालीको मनमा बस्न सफल हुनुभएको जनाए।

सम्बन्धित खवर