गण्डकीलाई सबैभन्दा कम अनुदान !

गण्डकीलाई सबैभन्दा कम अनुदान !

कास्की : आउँदो आर्थिक वर्ष २०७७÷०७८ को लागि गण्डकी प्रदेशले सबैभन्दा कम अनु्दान पाएको छ । संघीय सरकारले गरेको अन्तरसरकारीवित्तीय हस्तान्तरणमा गण्डकीले विभिन्न शीर्षकमा १३ अर्ब ३५ करोड ९९ लाख अनुदान पाएको हो । यो प्रदेश नम्बर २ भन्दा करिब ५ करोडले कम हो ।

गण्डकीले समानीकरणमा ७ अर्ब ११ करोड २६ लाख,ससर्तमा ४ अर्ब २० करोड ८४ लाख,विशेषमा ५४ करोड र समुपुरकमा १ अर्ब ४९ करोड ८९ लाख रुपैयाँ प्राप्त गरेको छ । गण्डकीले चालु आर्थिक वर्षमा ससर्ततर्फ ५ अर्ब ३५ करोड पाएको थियो । चालु आर्थिक वर्षमा समपुरकतर्फ १ अर्ब ११ करोड र विशेषतर्फ ८६ करोड विशेषतर्फ अनुदान आएको थियो ।

गण्डकी सदमुकामसमेत रहेको पोखरा महानगरपालिकाले मानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक समेत गरी कुल २ अर्ब ५२ करोड ६० लाख रुपैयाँ पाएको छ । महानगरले ससर्त अनुदानमा सबैभन्दा बढी १ अर्ब ८९ करोड ७७ लाख रुपैयाँ पाएको छ ।

समानीकरणको हिस्सा ५७ करोड ७३ लाख रहेको छ । कास्कीका गाउँपालिकाहरुको हकमा भने अन्नपूर्णले ३८ करोड ९९ लाख, माछापुच्छे«ले ३५ करोड ३७ लाख, मादीले ३० करोड ६१ लाख र रुपाले २६ करोड ६३ लाख रुपैयाँ पाएका छन् ।

मनाङको चामे गाउँपालिकाले १४ करोड ८६ लाख, नार्फाभूमिले ११ करोड १३ लाख,नाँसोले १५ करोड ४५ लाख र मनाङ दिछुयाङले १५ करोड ४३ लाख रुपैयाँ प्राप्त गरेको छ ।

मुस्ताङको घरपजोङ गाउँपालिकाले २१ करोड ९० लाख, थासाङले २० करोड ७७ लाख,लो–घेकर दामोदरकुण्डले १३ करोड ७९ लाख र बाह्रगाउँ मुक्तिक्षेत्रले १६ करोड ५० लाख रुपैयाँ पाएका छन् । यी दुबै जिल्लामा नगरपालिका छैनन् ।

पर्वतको कुस्मा नगरपालिकाले ५१ करोड १६ लाख र फलेबासले ५३ करोड ७५ लाख रुपैयाँ पाएका छन् भने गाउँपालिकाहरुको हकमा जलजलाले २९ करोड २४ लाख,पैंँयुले २५ करोड ५४ लाख, महाशिलाले २५ करोड १० लाख, मोदीले ३८ करोड ४३ लाख र विहादीले २९ करोड ३९ लाख रुपैयाँ पाएका छन् ।

स्याङ्जाका पाँचवटा नगरपालिकामध्ये गल्याङले ३९ करोड ७० लाख,चापाकोटले ३७ करोड ९८ लाख,पुतलीबजारले ५० करोड ४५ लाख,भीरकोटले ३४ करोड २३ लाख र वालिङले ५७ करोड १६ लाख रुपैयाँ प्राप्त गरेका छन् । गाउँपालिकाहरुले चाहिँ अर्जुनचौपारीले २४ करोड ४८ लाख,आँधिखोलाले ३२ करोड ४ लाख,कालीगण्डकीले ३२ करोड ६७ लाख, फेदीखोलाले २४ करोड ३४ लाख, विरुवाले २८ करोड ४५ लाख र हरिनासले २२ करोड ७२ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
म्याग्दीको बेनी नगरपालिकाले ४२ करोड ५८ लाख,अन्नपूर्ण गाउँपालिकाले २७ करोड ८५ लाख,धौलागिरीले २२ करोड ४२ लाख र मंगलाले २९ करोड ४१ लाख रुपैयाँ प्राप्त गरेको छ ।

बागलुङका ४ नगरपालिकामध्ये गलकोटले ४५ करोड ४६ लाख,जैमिनीले ४७ करोड १० लाख,ढोरपाटनले ३० करोड ४७ लाख र बागलुङले ६६ करोड ८१ लाख प्राप्त गरेका छन् । यस्तै काठेखोला गाउँपालिकाले ३९ करोड ९८ लाख, तमानखोला १६ करोड ७१ लाख, ताराखोला २१ करोड ८८ लाख, निसीखोला २६ करोड ६५ लाख, बढीगाड ३८ करोड ६ लाख र बरेङले २५ करोड ६ लाख रुपैयाँ प्राप्त गरेको छ ।

नवलपुर ( नवलपरासी सुस्ता पूर्व) को कावासोती नगरपालिकाले ५८ करोड १९ लाख,गैंडाकोटले ५८ करोड ६२ लाख, देवचुलीले ५४ करोड ५३ लाख र ४५ करोड ६८ लाख रुपैयाँ प्राप्त गरेका छन् । नवपरासीकै गाउँपालिकाहरुमध्ये बौदीकालीले २६ करोड ३१ लाख, बुलिङटारले २३ करोड ६१ लाख विनयी त्रिवेणीलाई ३१ करोड ७२ लाख र हुप्सेकोट गाउँपालिका २५करोड ८२ लाख रुपैयाँ विनियोजन भएको छ ।

तनहुँका चारवटा नगरपालिकामध्ये भानुले ५२ करोड १२ लाख,  भिमादले ३६ करोड १६ लाख, व्यासले ७५ करोड ९६ लाख र शुक्लागण्डकीले ५० करोड ८० लाख रुपैयाँ पाएका छन् । गाउँपालिकामध्ये आँबुखैरेनीले २६ करोड २९ लाख पाएको छ भने ऋषिङले ३१ करोड ८३ लाख,घिरिङले २३ करोड ७३ लाख,देवघाटले २६ करोड ११ लाख, म्याग्देले २५ करोड १५ लाख र बन्दीपुरले ३२ करोड ६३ लाख रुपैयाँ विभिन्न शीर्षकमा अनुदान पाएका छन् ।

लमजुङको बेसिसहर नगरपालिकाले ३९ करोड ८९ लाख रुपैयाँ,मध्यनेपालले ४२ करोड ७४ लाख, राइनासले ४१ करोड ६ लाख र सुन्दरबजारले ३९ करोड ५८ लाख रुपैयाँ पाएका छन् । गाउँपालिकाहरुमध्ये क्लोंलासोथर २२ करोड ७४ लाख, दूधपोखरी २४ करोड ५४ लाख,दोर्दी ३४ करोड ७५ लाख र मस्र्याङ्दीले ३२ करोड ६ लाख रुपैयाँ पाएका छन् ।

गोर्खाको गोर्खा नगरपालिकाले ५५ करोड ८६ लाख र पालुङटार नगरपालिकाले ४९ करोड ७१ लाख पाएका छन् । गाउँपालिकाहरुको हकमा अजिरकोटले २७ करोड ७५ लाख, आरुघाटले ३४ करोड ४५ लाख, गण्डकीले १९ करोड ४० लाख,धार्चेले २४ करोड २५ लाख, भीमसेन थापाले ३५ करोड ८२ लाख,शहीद लखनले ३७ करोड ३२ लाख, सिरानचोकले ४० करोड ८७ लाख र बारपाक सुलिचौरले ३९ करोड ७६ लाख रुपैयाँ विभिन्न शीर्षकमा अनुदान पाएका छन् ।

सम्बन्धित खवर