कासिमिरोले गरे रियलसँगको सम्झौता नवीकरण

कासिमिरोले गरे रियलसँगको सम्झौता नवीकरण

एजेन्सी । ब्राजिलियन मिडफिल्डर कासिमिरोले स्पेनिस क्लब रियल मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन् ।

स्पेनिस पत्रिका मार्काले कासिमिरोले थप दुई वर्ष क्लबमा रहने गरी सम्झौता नवीकरण गरेको जनाएको छ ।

२८ वर्षे कासिमिरोले दुई महिना अघि नै क्लबसँग सम्झौता गरेको मार्काले जनाएको छ । तर, रियलले भने औपचारिक रुपमा कासिमिरोसँगको नवीकरणबारे बताएको छैन ।

सम्झौता नवीकरणसँगै कासिमिरो सन् २०२३ सम्म रियलमा रहने छन् । यस अघि कासिमिरोको सम्झौता सन् २०२१ को समरसम्म रहेको थियो ।

कासिमिरो सन् २०१३ मा ब्राजिली क्लब साओ पाउलोबाट रियल आएका थिए ।

कासिमिरोले रियलका लागि २ सय २९ खेल खेलेका छन् । यस सिजन ३५ खेल खेल्दा ४ गोल गरेका छन् ।

सम्बन्धित खवर