हावाहुरी पिडीतलाई खाद्यान्न राहत

हावाहुरी पिडीतलाई खाद्यान्न राहत

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले हावाहुरी पिडीत परिवारका लागि आज खाद्यान्न राहत उपलब्ध गराएको छ ।

गएरातीको पानी सहितको हावाहुरीले घरको छानो उडाएको र घरै भत्किएर खाद्यान्न भिजेर नष्ट भएका वडा नम्वर ४ को कुशलचोक र आसपासका १० घर परिवारलाई राहत वितरण गरिएको हो ।

प्रति परिवार २५ किलोग्राम चामल, १ किलोग्राम दाल, १ किलोग्राम नून र आधालिटर खानेतेल उपलब्ध गराइएको छ । जसमध्ये दाल र तेल स्थानीय समृद्धि बहुउद्धेश्यीय सहकारी संस्थाले उपलब्ध गराएको हो ।

नगर उप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल, कार्यपालिका सदस्य एवम् वडा सदस्य तथा युवा समाजसेवी दुर्गा भट्टराई सहितको टोलीले राहत वितरण गरेको छ । घर भत्किएर विस्थापितमध्ये ५ परिवारलाई स्थानीय युवाहरुको सक्रियतामा ब्राइट सनराइज स्कुलमा राखिएको छ भनें अन्य ५ परिवार आफन्त तथा छिमेकीकोमा वसेका छन् ।

सम्बन्धित खवर