सवारी दुर्घटना २ जनाको मृत्यु

सवारी दुर्घटना २ जनाको मृत्यु

मोरङ, मोरङको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार बेलुका सवा ७ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका ९ झरना पुलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ३ प ९७६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका ११ का ३१ बर्षीय गोबिन्द बजगाई घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको हो। यसैगरी सोमवार राती १० बजे मोरङकै केरावारी गाउँपालिका ९ को भित्री सडक खण्डमा को ३८ प १०७१ नम्बरको मोटरसाईकल बाटोमा ढली राखेको रुखको हांगामा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक स्थानीय ३० बर्षीय बिकास गुरुङलाई उपचारको लागि बिराटनर्सिङ होम बिराटनगर पठाईएकोमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर