उर्लाबारी ४ मा प्रदेश सरकारको राहत

उर्लाबारी ४ मा प्रदेश सरकारको राहत

तिलक नेपाली (बर्देवा), उर्लाबारी

मोरङको उर्लाबारी नगरपालिका वडा नं. ४ ले प्रदेश सरकारको सहयोगमा मंगलबार पुनः ८० घरपरिवारलाई राहत बितरण गरेको छ ।

वडास्तरिय सर्वदलीय समिति तथा वडाका जनप्रतिनिधिको सयुक्त टोलिले दोस्रो चरणमा वडाका विभिन्न टोलहरुमा गई गरिब, अतिविपन्न र दैनिक ज्याला मजदुरी गर्ने २२५ घरपरिवारलाई स्थलगत अध्यन तथा अनुगमन र पारिवारिक बिवरण सहित राहतको लागि वडाले निर्णय गरेर नगरलाई सिफारिस गरेको थियो । वडाको सिफारिसका आधारमा प्राथमिकतामा परेका ८० घरपरिवारलाई राहत वितरण गरिएको हो ।

वडाले परिवार संख्याका आधारमा चामल, तेल, दाल, नुन, साबुन र चिउरा लगायतका खाधान्न सामग्री उर्लाबारी नगरपालिको एकद्दार प्रणालिमा वडाले सुक्रबार सर्वदलिय उपस्थितिमा बितरण गरिएको वडाअध्यक्ष लक्ष्मिनारायण धिमालले बताएका छन् ।

राहत कार्यक्रममा वडा नं. ४ वडा वडा अध्यक्ष साथै कार्यपालिका सदस्य कृष्णमाया कडरिया सदस्यहरु डोमनाथ खतिवडा र कल्याण कुमार राई लगायतको उपस्थितिमा राहत बितरण गरिएको हो । वडामा छुटेका घरपरिवारको नगरपालिकाबाट राहत प्राप्त भएपछि पुनः नियमअनुसार सबैमा जानकारी गराई राहत बितरण गरिने अध्यक्ष धिमालले बताएका छन् ।

सम्बन्धित खवर