पथरी शनिश्चरेका १ जनामा कोरोना पुष्टि

पथरी शनिश्चरेका १ जनामा कोरोना पुष्टि

पथरी, मोरङको पथरी शनिश्चरेका १ जनामा पनि कोरोना पुष्टि भएको छ । नगरको वडा नं. १० का संक्रमित युवा सुनसरीको पकलीमा शसस्त्र प्रहरीमा कार्यरत रहेको पाइएको छ ।

मंगलबार कोरोना अस्पताल विराटनगरमा परीक्षण गरिएको पिसिआरमा कोरोना पोजेटिभ देखिएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिनुभयो । गएको चैत्र ९ गते घरमा आएका उनि चैत्र १० गते नै कार्यक्षेत्रमा फर्किएको परिवारले जानकारी दिएको छ । थप ट्राभल हिस्ट्री बुझ्ने काम भइरहेको आचार्यले जानकारी दिनुभयो । नेपालमा हाल सम्म ३७५ जनामा कोरोना पुष्टि भइसकेको छ ।

 

सम्बन्धित खवर