कोरोना अपडेट ः प्रदेश १ मा ३ जना संक्रमित थपीए

कोरोना अपडेट ः प्रदेश १ मा ३ जना संक्रमित थपीए

पथरी, प्रदेश १ मा आज थप ३ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटा र मोरङमा गरेर ३ जना थप भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार धनकुटाका ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिला रहेका छन् ।

प्रदेश १ मा ३ जना थपीएसँगै कोभिड–१९ पुष्टी भएकाहरुको संख्या ३९ पुगेको छ । प्रदेश १ का ५ जिल्लामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

उदयपुरमा ३३ जना, झापामा २, मोरंगमा २, धनकुटामा १ र भोजपुरमा १ जना संक्रमित भएका छन् । संक्रमित मध्ये १७ जना डिस्चार्ज भएका छन् ।

 

पथरीको कोरोना परीक्षण

सम्बन्धित खवर