आरती सहकारीबाट नगर राहत कोषमा ३४ हजार ६ सय सहयोग

आरती सहकारीबाट नगर राहत कोषमा ३४ हजार ६ सय सहयोग

पथरी, मोरङको पथरी शनिश्चरे १ स्थित आरती सहकारी संस्थामार्फत नगरको कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको राहत कोषमा ३४ हजार ६ सय रुपैयाँ सहयोग प्रदान भएको छ ।

संस्थाकातर्फबाट अध्यक्ष यादवचन्द्र दुलाल सहितले नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राई, राहत संकलन उपसमिति संयोजक अर्जुनकुमार बुढाथोकी सहितलाई आज चेक हस्तान्तरण गर्नु भएको हो ।

आरती सहकारीको २१ हजार १ सय तथा त्यहाँ कार्यरत कर्मचारीको २ दिनको तलब समेत गरी ३४ हजार ६ सय रुपैयाँ राहत कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ ।

सम्बन्धित खवर