पोखरामा एउटा परिवारलाई गाउँलेले घरभित्रै थुने

पोखरामा एउटा परिवारलाई गाउँलेले घरभित्रै थुने

संजय आचार्य, पोखरा

बाहिरी जिल्लाबाट घर फर्कीएका एक परिवारलाइ पोखरा ९ नयाँबजारका बासिन्दाले घर भित्रै थुनिदिएका छन् ।

अघिल्लो हप्ता पर्साको बिरगंजबाट नयाँबजारस्थित आफ्नो घर फर्किएका नविन तेलीको परिवारलार्इ स्थानीयवासीको पहलमा वडा कार्यालयले थुनेर निगरानीमा राखेको छ ।

लकडाउन शुरु भइसकेपछि, पारिवारिक संस्कारमा सहभागि हुनका लागि बिरगंज गएको ४ जनाको परिवार करिव १५ दिनको बसाइ पछि गत बैशाख २४ गते पोखरा फर्कीएको थियो । उक्त परिवारलार्इ अहिले छिमेकीको निगरानीमा वडा कार्यालयले कोरोना जोखिम बिरुद्धको व्यवस्थापनहरु गरिरहेको छ ।

उक्त परिवार बाहिरबाट आएर आफ्नो घर छिर्ने बित्तिकै छिमेकीले मुख्य द्धारमा बाहिरबाट ताल्चा लगाइदिएका थिए ।

कोरोना संक्रमित धेरै देखिएको जिल्लाबाट आएको भन्ने थाहापाउना साथ स्थानीयवासीहरु त्रसीत भएका थिए । “त्यसैले उनिहरुले आँफै ताल्चा लगाइदिएर हामीलाइ खबर गरेका थिए” वडा नं ९ का अध्यक्ष रामराज लामिछानेले खुलानेपाललाई भने ।

स्थानीयवासीले खबर गर्ने बित्तिकै वडा प्रतिनिधि र कर्मचारीहरु त्यहाँ पुगेर उक्त घरको चाबी लिएका थिए ।

परिवारलाइ चाहिने अत्यावश्यक र खाद्य सामाग्रीहरु वडा कार्यालय तथा जनप्रतिनिधिले नै पुरयाउने जिम्मा लिएका छन् । यसका लागि उक्त परिवारले आवश्यक परेको बेला उनिहरुलार्इ फोन गर्ने र छिमेकी मार्फत तुरुन्त सामान पुर्याउने व्यवस्था पनि वडाले गरेको छ ।

वडा सचिव लोकदर्शन कोइरालाका अनुसार यही एक हप्ताको समयअवधि भित्रमात्रै वडामा ९ वटा परिवार बाहिरी जिल्लाबाट आएको भेटिएका छन् । नविन तेलीको परिवार सँगै अन्य परिवारलाइ पनि क्रमैसँग यहि उपायबाट निगरानीमा राखिएको छ ।

लकडाउनको जोखिम र छिमेकीहरुको सन्तुष्टिलार्इ मध्यनजर गर्दै वडाले सूचना जारी नगरिन्जेलसम्म उनिहरुलार्इ यसरीनै ताल्चा लगाएर निगरानीमा राखिने वडाले जनाएको छ ।

वडानं ९ को यस कार्यबाट प्रभावित हुँदै पोखरा महानगरपालिकाले पनि लकडाउन उल्लंघन र बाहिरी जिल्लाबाट यात्रा गरेर आएकाको हकमा स्थानीयवासीलार्इ नै निर्णय गर्न दिने योजना बनाइरहेको छ ।

‘पोखरालाइ कोरोनामुक्त बनाउन स्थानीयवासीलार्इ साथ लिँदै अझै बलिया योजनाहरु ल्याउने तयारीमा छौं’, पोखरा महानगरपालिका कोरोना फोकल पर्सन अर्जुल अर्यालले भने ।

सम्बन्धित खवर