बिरामी पुर्याएर फर्किदै गरेको एम्बुलेन्स रौतहटमा दुर्घटना

बिरामी पुर्याएर फर्किदै गरेको एम्बुलेन्स रौतहटमा दुर्घटना

विवेक शर्मा, रौतहट

रौतहटको चन्द्रनिगाहपुर वडा नम्बर ४ स्थित पुलचोकमा एम्बुलेन्स दुर्घटना भएको छ । आइतबार बिहान सर्लाहीको सोल्टी बजारबाट बिरामीलाई भरतपुर पुर्याएर फर्किने क्रममा चन्द्रनिगाहपुरको पुलचोकमा ज १ च ६८२ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

तीन दिन पछि बल्ल एम्बुलेन्सको ट्रीप लागेर बिरामीलाई भरतपुर हस्पिटल पुर्याएर फर्किने क्रममा एक्कासि पुल नजिकै बनाएको ढुङ्गा जालिमा ठोकिदा दुर्घटना भएको एम्बुलेन्स चालक रामबाबू मण्डलले बताएका छन् । एम्बुलेन्स दुर्घटना हुदा पुलचोकमा रहेको पुलको रेलिङ भाँचिएको छ । दुर्घटना कसरी भयो भन्ने कुरा आफुलाई नै थाहा नभएको चालकले बताए । दुर्घटना हुदा एम्बुलेन्सको अगाडीको बायाँ पट्टीको भाग पुर्ण रुपले क्षति भएको छ । जिल्ला ट्राफिक प्रहरीले चन्द्रपुर नगरपालिकाको स्काभेटरको सहयोग लिएर एम्बुलेन्स निकालेको प्रहरी निरीक्षक सैलेश न्यौपानेले जानकारी दिएका छन् ।

सम्बन्धित खवर