विदेशमा रहनेको सहयोगमा पथरीमा राहत वितरण

विदेशमा रहनेको सहयोगमा पथरीमा राहत वितरण

पथरी, विदेशमा रहनेहरुको सहयोगमा अखिल नेपाल यातायात मजदुर संघ मोरङको पहलमा उत्तरपूर्वी मोरङका ५० जना यातायात मजदुरलाई हिजो राहत वितरण भएको छ ।

संघका जिल्ला अध्यक्ष पूर्णबहादुर कार्की, कोषाध्यक्ष नविन झोडाली सहितको उपस्थितीमा पथरी शनिश्चरेस्थित पथरी बजारमा यातायात मजदुरलाई २५ केजी चामल, १ केजी दाल र १ केजी नून वितरण गरिएको हो ।

क्यानडा रहने छत्र खतिवडा, हर्क खतिवडा, शुक्र मोक्तान, अमेरिकामा रहने रविन बराइली, पूर्ण चौहान, सागर सार्की, अष्ट्लियामा रहने डीएस काफ्ले र कृष्ण कुइकेल समेतको ६२ हजार रुपैयाँको सहयोगमा संघले राहत वितरण गरेको उल्लेख छ ।

उता, अमेरिकामा रहनु भएका पथरी शनिश्चरे १० नम्वर वडाका सेतिमाया तामाङ, बलबहादुर घतानी, कृष्ण घतानी, गोपाल घतानी तथा भूटानी शरणार्थी शिविरबाट अमेरिकामा पुनस्र्थापना भएकी सीता लिम्बूले संकलन गरी पठाउनु भएको रकमबाट १० नम्वर वडामा राहत वितरण भएको छ । लिम्बूले ४० हजार तथा अन्यले गरी कुल ७२ हजार ८ सय २५ रुपैयाँ बराबरको खाद्यान्न राहत वितरण भएको छ ।

१० नम्वर वडा सदस्य मनकुमारी विश्वकर्माको पहलमा संकलन भएको रकमबाट वडाका दलित, विपन्न तथा असक्त ५० परिवारलाई २५ केजी चामल, दाल र नून गरी ५० जनालाई वितरण गरिएको हो ।

वडा सदस्य घतानीका साथै कार्यपालिका सदस्य मैनादेवी फूयाँल आचार्य, सदस्य अनोज घिमिरे लगाएतले राहत वितरण गर्नुभयो ।

सम्बन्धित खवर