लकडाउनमा डिभाइडर रंगाउदै उर्लाबारीका युवा

लकडाउनमा डिभाइडर रंगाउदै उर्लाबारीका युवा

उर्लाबारी, लकडाउनको सदुपयोग गरेर उर्लाबारीका युवाहरुले डिभाइडरमा रंग लगाउने काम गरिरहेका छन् । मोरङको उर्लाबारी ७ स्कुलडाँडामा पर्ने स्कुलडाँडा बरगाछी सडकको डिभाइडर ४ दिन अघि देखि रंगाइरहेका हुन् ।

१५ जनाको समुहमा रहेका स्थानीय युवाहरुले रंग लगाउने काम गरिरहेको युवा व्यावसायी नितम कार्कीले बताउनुभयो । ‘रंग लगाउनका लागि हाल सम्म करिब ४० हजार जति खर्च भइसकेको छ । केही व्यावसायीहरुले सहयोग गर्ने बचन पनि दिनु भएको छ । प्राइमर रंग सबै गर्दा निकै खर्च आउने रहेछ । कार्कीले भन्नुभयो अरुले पनि सहयोग गर्नुहुन्छ होला ।’

शुक्रबार देखि रंग लागाउने काम सुरु गरेका युवाहरुले एउटा जेब्रा क्रसिङ सहितको काम मंगलबार सम्ममा सक्ने योजना बनाएको कार्कीले बताउनुभयो ।

सम्बन्धित खवर