प्रहरीको साथी म लाई सेनिटाइजर वितरण सम्पन्न

प्रहरीको साथी म लाई सेनिटाइजर वितरण सम्पन्न

पथरी शनिश्चरे

मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि नगरका १० वटा वडामा गठित ‘प्रहरीको साथी म’ मा आवद्ध युवाहरुलाई नगरपालिकाको तर्फबाट सेनिटाइजर वितरण गरिएको छ ।

नगर उपप्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिकी सदस्य यमुना विष्ट वास्तोलाको अगुवाइमा सदस्य यामप्रसाद गुरागाईं सहितको टोलीले कोरोना भाइरसको संक्रमणबाट बच्न हातमा लगाउने किटनाशक सेनिटाइजर वितरण गरेको हो । ‘प्रहरीको साथी म’ मा आवद्ध १०/१० युवालाई यसअघि वितरण गर्न बाँकी रहेका ४, ५, ६, ७, १० सहितका वडामा सेनिटाइजर सहित मास्क पनि वितरण गरिएको छ ।

यसक्रममा, टोलीले लकडाउनको अनुगमन् गरेको छ । नगर उपप्रमुख वास्तोला तथा नगरका प्रमुख प्रशासकीय अधिकृत सहित प्राविधिकको टोलीले पथरी उद्योग वाणिज्य संघको निर्माणाधिन भवनको पनि अनुगमन् गरेको छ ।

सम्बन्धित खवर