मस्जिद र मदरसा अनुगमनका लागि समिति बन्यो ः मुस्लिम आयोग

मस्जिद र मदरसा अनुगमनका लागि समिति बन्यो ः मुस्लिम आयोग

देशभरका मस्जिद र मदरसाहरुमा अनुगमनका लागि मुस्लिम आयोगले जिल्ला स्तरीय समिति बनाएको छ । समितिले देशभरका मस्जिद र मदरसामा अनुगमन गर्ने गरी समिति बनाएको हो ।

मस्जिद र मदरसाहरुमा रहेका धर्मगुरुहरुलाई लिएर मुस्लिम आयोग सतर्क रहेको आयोगका अध्यक्ष समिम मियाँले बताउनुभएको छ । उदयपुरको मस्जिदमा रहेकाहरुमा कारोना पोजिटिभ देखिएपछि अहिले देशभरका मस्जिद र मदरसामा अनुगमन थालिएको हो । हाललाई देशभरका अधिकांश जिल्लाहरुमा जिल्ला स्तरीय अनुगमन समिति बनाइएको हो । वैशाख ७ गते मुस्लिम आयोगको सर्वपक्षीय छलफलले मस्जिद र मदरसाहरुमा जिल्ला स्तरीय अनुगमन समिति बनाउने निर्णय पनि गरेको थियो ।

जिल्ला स्तरीय समितिले मदरसा र मस्जिदमा हुने अनुगमनमा जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी अनुगमन गर्ने छ । समितिसंगै रहने स्वास्थ्यकर्मीले मस्जिद मदरसाहरुमा रहेका मौलानाहरूको स्वास्थ्य जाँच पनि गर्ने अध्यक्ष मियाँ अन्सारीले जानकारी दिनुभयो ।

हाल झापा र इलामका लागि सईद उल शेख, बाँकेका लागि अब्दुल हमीद, लमजुङका लागि जलालदिन मियाँ, मकवानपुरका लागि जावेद हुसैन, चितवनका लागि कारी हनीफ मियाँ, कैलाली र कंचनपुरका लागि असद खान, सुनसरी, धनकुटा, तेरहथुम, संखुवासभा र भोजपुरका लागि डा. खालिद हुसैन, स्याङ्जा र तनहुका लागि कलीला खान, अछाम लगायत सुदुरपश्चिमका सवै जिल्लाहरु
केसर मिया, कपिलवस्तुका लागि हजरत अली, नवलपरासी (पूर्वी) पश्चिम दुबै हेर्नेगरी भेस बहादुर खराल, रौतहटअब्दुल वाहिद सर्लाही शेख महमूद धनुषा मोहमद कैश, सिरहा र उदयपुर मुख्तार अहमद, सप्तरी युसुफ अली, बर्दिया कासिम अली सिद्दीकी, कास्की, पर्वत र बागलुङ अबुदीन इलाही, गोर्खा कमालदीन मियाँ, भैरहवा मकसूद अलीलाई संयोजक तोकेको छ ।

बाँकी रहेका जिल्लाहरुको पनि केही दिनमा नै समिति तयार गरिने अध्यक्ष मियाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवर