पथरी शनिश्चरेका मस्जिदमा पनि अनुगमन्

पथरी शनिश्चरेका मस्जिदमा पनि अनुगमन्

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा नगर क्षेत्रमा पर्ने मुस्लिम समुदायका २ वटा मस्जिदमा आज अनुगमन् भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सचेतना अपनाउने सन्देश दिँदै वडा नम्बर ५ स्थित हसन्दहमा रहेका २ वटा मस्जिदमा अनुगमन् गरिएको हो । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा, प्रहरी चौकी कुसेका सुरक्षाकर्मी, समाजसेवीहरु समेत सम्मिलित टोलीले मस्जिद अनुगमन् गर्दा मस्जिद खाली अवस्थामा भेटिएको छ ।

मस्जिदमा अन्य देशबाट मानिसहरु यसबेला नआएको तथा दैनिक नवाज पढ्ने काम रोकिएको पाइएको अनुगमन् समिति संयोजक वास्तोलाले उल्लेख गर्नुभयो । अनुगमन्का क्रममा कोरोनाको संक्रमण तथा बन्दाबन्दी ( लकडाउन) नहटेसम्म स्थानीयलाई धर्मावलम्बी भेला भएर नवाज पढ्ने काम स्थगित गर्न अनुरोध गरिएको छ ।

टोलीले, वडा नम्बर ८ को सोमबारे, ४ र ८ मा पर्ने कुशलबजार, ५ र ६ को हसन्दह, ४ र ९ को शनिश्चरे चोक, १० को ऐयावारी र जिरिखिम्तीमा घरैभित्र बस्न अनुरोध गर्दै लकडाउनको कडाईका साथ पालना गर्न सम्झाइएको छ । यस क्रममा चिया पसल, होटल तथा विहान ७ देखि १० बजेबाहेक खोलिएका किराना पसललाई वन्द गराइएको छ । भिडभाड भएर तास खेल्ने, गाँजा सेवन गर्ने संस्कास्पद क्षेत्रहरुमा समेत सचेत गराइएको छ ।

साथै टोलीले, कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनले काम रोकिएर समस्यामा परेका ५ जना निर्माण मजदुरलाई राहत समेत प्रदान गरेको छ । प्रदेश सरकारको योजनाको सडक निर्माण कार्यमा खटिएका र हाल काम नहुँदा खानको समस्यामा परेका वडा नम्वर ३ को कल्याणचोक पूर्वमा छाप्रामा बसेका ती मजदुरलाई २५ केजी चामल, २ केजी दाल, १ केजी नून, १ लिटर तेल र २ वटा साबुन वितरण गरिएको छ ।

यसैबीच १० नम्वर वडाध्यक्ष सागर राईको अगुवाईमा सो क्षेत्रमा पर्ने सामुदायिक वन उपभोक्ता समूहका अगुवा, उपभोक्ता सहितको टोलीले लकडाउनको मौका छोपी वनमा हुनसक्ने काठ तस्करी र चोरी शिकारी रोक्न आज गस्ती गरेको छ ।

सम्बन्धित खवर