दुलेचोरको विगविगी, अध्यक्षको घरको कुखुरा नै चोरीयो

दुलेचोरको विगविगी, अध्यक्षको घरको कुखुरा नै चोरीयो

पथरी, पछिल्लो समय दुलेचोरको विगविगी वढेको छ । वडा अध्यक्षको घरको कुखुरा चोरी भएपछि चोरको विगविगी पाइएको हो । मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ का अध्यक्ष जोग बहादुर धिमालको घरमा चोरी भएको हो ।

गएराति धिमालको घरबाट २ केजी भन्दा बढिका २ वटा भाले र १ वटा त्रित्रा चोरी भएको धिमालले बताउनुभयो । आफु निदाएको अवस्थामा कतिबेल चोरी भयो आफुले थाहै नपाएको धिमालले बताउनुभयो । करिब ५ हजार भन्दा वढि मुल्यको कुखुरा चोरी भएको हो । रकम ठुलो नभएता पनि वडा अध्यक्षकै घरबाट यसरी चोरी हुँदा अरु वडावासीको सुरक्षा अवस्थाका बारेमा प्रश्न उठेको छ । हुनत अध्यक्षको घरमा चोरी भएको यो पहिलो पटक भने हैन् । यसअघि पनि कुखुरा नै चोरी भएको धिमालले बताउनुभयो ।

यस्तै धिमालकै घरमा जोडिएको माकुरी चिया पसलबाट पनि करिब ५ हजार बराबरको सामान चोरी भएको संचालक बिरेन्द्र शाहले बताउनुभयो । बाँसको टाटीले बेरेको पछाडीको भागबाट भित्र पसेर चोरले ३ वटा बियर, चाउचाउ, चुरोट, फलफुल लगाएतको सामान चोरी भएको शाहले बताउनुभयो । शाहको पसलमा पनि चोरी भएको पहिलो पटक भने हैन् । यो समेत गरेर ३ चोटी चोरी भएको शाहले बताउनुभयो ।

हसन्दह क्षेत्रमा प्रहरी चौकी नभएका कारण सुरक्षामा केही कमी भएको स्थानीयले गुनासो गरेका छन् । प्रहरीका लागि भनेर हसन्दह बजार पश्चिममा बनाएको प्रहरी चौकी भवनको जिर्णोदार गर्ने बेला भएको छ तर हाल सम्म पनि अस्थाइ प्रहरी चौकी समेत नहुदा स्थानीयले सास्ती व्यहोर्दै आएका छन् । यसअघि पनि सो भवन आसपास (तित्रिझाँक) मा एकैरात ८ वटा घरमा चोरी भएको थियो ।

सम्बन्धित खवर