विराटनगर १३ मा पनि राहत बाढिँयो

विराटनगर १३ मा पनि राहत बाढिँयो

नरेश कुमार लाभ, बिराटनगर

बिराटनगर महानगरपालिका वडा नं. १३ ले विपन्न तथा गरिब परिवारलाई राहत सामग्री वितरण गरेको छ । वडा अध्यक्ष झरीलाल महतोले विपन्न परिवारलाई पहिलो चरणको राहत वितरण गरेको बताउनुभयो ।

वडामा भएका ४ सय विपन्न परिवारलाई चामल, दाल, नुन, तेल लगाएतका खाद्य सामग्री वितरण गरेको हो । वडाले अहिले समाबेस हुन नसकेका छुटेका परिवारलाई पनि थप गरेर राहत वितरण गरिने अध्यक्ष महतोले बताउनुभयो । यो वडामा वढि मात्रामा दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्ने मानिसहरुको बसोबास रहेको छ ।

सम्बन्धित खवर