पथरी, कामना सेवा विकास बैंकले बालआश्रमलाई खाद्य सामग्री बितरण गरेको छ । आफ्नो संस्थागत सामुदायिक उत्तरदायित्व अन्तर्गत झापाको दमक २ मा रहेको हाम्रो बालआश्रमलाई बैंकले चामल, अण्डा, दाल, नुन लगाएतका खाद्य सामग्री प्रदान गरेको हो ।
बुधबार एक कार्यक्रमका बिच बैंकका प्रदेश १ प्रमुृख छाराहाङ राईले आश्रमका सचिव साजन श्रेष्ठलाई खाद्य सामग्री हस्तान्तरण गर्नुभयो । बैंकका तर्फबाट कुरा राख्दै राईले कर्मचारीहरुको १/१ दिनको तलवबाट केही खाध्य सामग्री हस्तानतरण गरिएको बताउनुभयो । आउने दिनहरुमा पनि बैंकले यस्ता सामाजिक कार्यहरुमा निरन्तर लाग्ने राईले बताउनुभयो ।
२०७४ सालमा स्थापना गरिएको सो आश्रममा समय समयमा सहयोगहरु आउने गरेको आश्रम सचिव श्रेष्ठले बताउनुभयो । यो विषम परिस्थितीमा बैंकले सहयोग गरेर ठुलो गुन लगाएको भन्दै श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभयो ।
काठमाडौं ३० ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको कामना सेवाले नविनतम् आधुनिक बैंकिङ प्रविधिमार्फत देशैभर १२३ वटा शाखाकार्यालय तथा ६५ वटा एटीएम मार्फत ग्राहकहरुलाई सहज बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।