लक डाउनको असर : ठप्प विराटनगरको पुष्पलाल चौक (फोटो फिचर)

लक डाउनको असर : ठप्प विराटनगरको पुष्पलाल चौक (फोटो फिचर)

विराटनगर : कोरोना भाईरसबाट अहिले विश्व नै आतंकित बनिरहेको छ । चीनको वुहान सहरबाट सुरु भएको यसको संक्रमण अहिले २ सय ५ देशमा फैलिसकेको छ ।

नेपाल सरकारले पनि कोरोना भाईरसको सम्भावित रोकथामका लागि देशभर लक डाउन घोषणा गरेको छ । सरकारले अत्यावश्यकको काम बाहेक बाहिर निस्कन पूर्ण रोक लागाएको छ । लक डाउन लगाएसँगै देश नै सुनसान बनेको छ ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिकाको पुष्पलाल चौक पनि यतिबेला सुनसान र शान्त छ । यहाँका बासीले सरकारको निर्देशनको पूर्णपालना गर्दै कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका छन् ।

सरकारले लगाएको लक डाउनको १२ औँ दिन शनिबार पनि विराटनगरका सडक तथा बजार क्षेत्र सुनसान छन् । दैनिक उपभोग्यका पसलहरु भने महानगरपालिकाको निर्देशन बमोजिम तोकिएको समयमा मात्र खुल्ने गरेका छन् ।

लक डाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने सवारी साधन चलाउनेलाई लकडाउनको कार्यान्वयन गराउन खटाईएका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिने गरेको छ ।

सम्बन्धित खवर