पाँचथरमा वडाध्यक्षको निधन

पाँचथरमा वडाध्यक्षको निधन

पाँचथरको फिदिम नगरपालिका वडा नं. ५ का अध्यक्ष लिलाराज तुम्वापोको शुक्रबार निधन भएको छ । ब्लडक्यानसरबाट पिडित तुम्वापोको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारका क्रममा निधन भएको हो ।

३० वर्षका तुम्वापोलाई विहिबार स्वास्थ्यमा झन समस्या देखिएपछि हेलिकप्टरबाट बी एण्ड सी ल्याइएको थियो । तुम्वापोको निधन भएकै दिन शुक्रबार नै उनकी कान्छी छोरी जन्मिएको आफन्त इन्दिरा तुम्वाम्पोले जानकारी दिनुभयो । विहान ३ बजे दोस्रो सन्तानका रुपमा छोरी जन्मिएकी हुन् । उहाँको परिवारमा अब दुई छोरीहरु भएका छन् ।

तत्कालिन नेकपाबाट निर्वाचित अध्यक्ष तुम्वापो राष्ट्रिय युवा संघ पाँचथरका सहसंयोजक समेत हुनुहुन्थ्यो ।

सम्बन्धित खवर