पथरी, इजरायलमा रहेका पथरी शनिश्चरे ३ का सागर तुम्बापोले पथरी शनिश्चरे ३ मा ११ थान हातधुने बाल्टी सहयोग गरेका छ्न् । शनिबार सागरका भाइ नवराज तुम्बापोले सो बाल्टी वडा अध्यक्ष डम्बर बहादुर चेम्जोङलाई हस्तान्तरण गरेका हुन ।
करिब २० हजार बराबरको सामाग्री बितरण गरिएको नवराज तुम्बापोले जानकारी दिए । कोरना भाइरसको संक्रमण नफाइलियोस भनेर बाल्टीसंगै साबुन, साबुन राख्ने बट्टा र जग पनि बितरण गरिएको हो । सो सामाग्री वडाका बिभिन्न स्थानमा राखिने वडा अध्यक्ष चेम्जोङले जानकारी दिए । सागरले पथरीको खेल लगायत सामाजिक क्षेत्रमा सहयोग पुर्याउदै आएका छ्न् । बिदेशमा रहेर पनि पथरी शनिश्चरेमा सामाजिक सेवामा ठुलो योगदान पुर्याएको भन्दै सागर र सो कार्यमा संयोजन गर्ने नवराज तुम्बापोको वडा बासिले प्रशंसा गरेका छ्न् । सागरले यस अघि पनि पथरी स्पोटिङ क्लबलाई २० हजार बराबरको खेल सामाग्री प्रदान गरेका थिए ।