अपडेट ः कोरोना संक्रमित युवती आएकै विमानमा पथरी शनिश्चरेका पनि एक युवा, लक्षण नदेखिएपनि क्वारेनटाइनमा पठाइयो

अपडेट ः कोरोना संक्रमित युवती आएकै विमानमा पथरी शनिश्चरेका पनि एक युवा, लक्षण नदेखिएपनि क्वारेनटाइनमा पठाइयो

भिमराज अधिकारी, पथरी

फ्रान्सबाट आएकी एक युवतीमा कोरोनाको लक्षण देखिएपछि सोही विमानमा आउनेहरुको खोजि भइरहेको छ । सोही विमानमा आउने मोरङको पथरी शनिश्चरेका पनि एक व्याक्ति परेका छन् ।

कतारबाट घर फर्केका ति व्यक्ति पनि कतार एरवेजको QR ६५२ मा नै नेपाल आएका थिए । बुधबार दिउसो ४९ वर्षीय ति व्यक्ति पनि सोही विमानमा आएको भन्ने थाहा पाएपछि उनलाई मिक्लाजुङको टाँडी स्थित क्वारेनटाइनमा पठाइएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिनुभयो । ‘‘ति व्यक्तिलाई हाल कोरोनाको कुनैपनि लक्षण देखिएको छैन् तर एउटै विमानमा आएकाले गर्दा भाइरस रहेको हुन सक्ने आशंकामा सुरक्षित राख्नका लागि क्वारेनटाइनमा पठाइएको हो ।’’ आचार्यले भन्नुभयो ।

सम्बन्धित खवर