कक्षा ८ सम्मको परीक्षा अनुगमन

कक्षा ८ सम्मको परीक्षा अनुगमन

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा हाल सञ्चालित कक्षा ८ सम्मको वार्षिक परीक्षाको नगरको परीक्षा समितिले अनुगमन् गरेको छ ।

परीक्षा समिति संयोजक नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, सदस्य सचिव नवीन खुलाल सहित समितिका सदस्यहरु सहभागि भई दैनिकजसो सामुदायिक तथा संस्थागत विद्यालयको परीक्षा अनुगमन् भएको हो । परीक्षा मर्यादित रुपमै सञ्चालन भएको पाइएको समिति संयोजक धमलाले जनाउनु भयो ।

कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै सरकारले परीक्षा अगाडि सार्न गरेको परिपत्र अनुरुप फागुन २८ देखि परीक्षा सञ्चालनमा ल्याइएको छ । नगरमा कक्षा ८ सम्म सञ्चालन भएका ३६ वटा विद्यालयमा परीक्षा जारी रहेको छ ।

सम्बन्धित खवर