रंगेली प्रहरीद्वारा कटुवा पेस्तोल सहित ३ जना पक्राउ

रंगेली प्रहरीद्वारा कटुवा पेस्तोल सहित ३ जना पक्राउ

रबिन्द्र बराल, रंगेली

मोरङको सुनवर्षी नगरपालिका ८ हर्चनगडिमा रहेको माहेदेव मण्डलको होटलमा बसेर रक्सि सेवन गरेर बसिरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गए राति भारत अररिया धर्म गञ्ज पञ्चायत थान डकैत घर भएका २१ बर्षका अजय कुमार मण्डल, सोहि स्थान बस्ने बर्ष १८ का आनन्द मण्डल २१ बर्षका राकेश कुमार मण्डलको साथबाट एक थान कटुवा पेस्तोल र सो मा लाग्ने गोलि सहित पक्राउ गरेको हो । उनिहरुको साथबाट अनटेस्ट पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए । उनीहरुलाई हतियार ओसार पसार अन्तर्गत मुद्दा दर्ता गरिने समेत दाहालले बताए ।

सम्बन्धित खवर