सहारा क्लबलाई हराउँदै पुलिस आहा रारा गोल्डकपको सेमिफाईनलमा

सहारा क्लबलाई हराउँदै  पुलिस आहा रारा गोल्डकपको सेमिफाईनलमा

आयोजक सहारा क्लब पोखरालाई हराउँदै विभागीय टिम पुलिस आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

शनिबार पोखरा रंगशालामा भएको खेलमा पुलिसले सहारालाई टाईब्रेकरमा ४–२ ले निराश पार्यो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो । तर अतिरिक्त समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णय टाईब्रेकरमा गरिएको हो ।

खेलको ७५ औं मिनेटमा भरत साहको गोलमार्फत पुलिसले खेलमा अग्रता लिएको थियो ।

अजय श्रेष्ठले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

अतिरिक्त समयमा घरेलु टोलीले दुई पेनाल्टी खेर फालेपछि पुलिसले खेल आफ्नो पक्षमा पारेको हो ।

अतिरिक्त समयमा पुलिसका कप्तान भोला सिलवाल रातो कार्ड खादै मैदान बाहिरिएपछि विभागीय टिम १० खेलाडीमा सिमित बनेको थियो ।

सम्बन्धित खवर