मोरङको सुनवर्षी नगरपालिकामा आयोजित सुनवर्षी मेयरकप फुटबल प्रतियोगिताको पहिलो चरणको खेलमा रतुवामाई लाई सडन डेथमा पराजित गर्दै केराबारी गाउँपालिका विजयी भएको छ ।
निर्धारित समयमा बराबरीमा खेल टुंगिएपछि ट्राईब्रेकर भएको थियो । ट्राईब्रेकरमा पनि ४–४ गोल भएपछि खेल सडन डेथमा परिणत भएको थियो । सडन डेथमा ९–८ को गोल अन्तरले केराबारी गाउँपालिका विजयी भएको हो । खेलको पहिलो हाफमा एक एक गोल भएको थियो । निकै प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफमा केराबारीले रतुवामाईलाई दवावमा राख्दै जर्सी नं. ८ का तपन कार्कीले एक गोल गरेका थिए । त्यसैगरी पहिलो हाफको समय सकिनै लाग्दा रतुवामाईका सम्सेर ह्याण्डीले एक गोल गरि बराबर भएका थिए । त्यसैगरी दोश्रो हाफ शुरु भएको लगत्तै ह्याण्डीले थप एक गोल गरेका थिए । त्यसैगरी केराबारी गाउँपालिकाको तर्फबाट टिम क्याप्टेन मनिष लिम्वुले एक गोल गरि बराबर बनाएको थियो । खेलको म्यान अफ दि म्याच रतुवामाईको ह्याण्डी घोषित भएका थिए ।