वर्षाका कारण केही समयका लागि खेल स्थगित

वर्षाका कारण केही समयका लागि खेल स्थगित

 

एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा नेपालले आज (शुक्रबार) सिंगापुरको सामना गर्दैछ ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले आफ्नो अन्तिम खेलमा सिंगापुरसँग खेल्न लागेको हो । तर, नेपाल र सिंगापुरबीचको खेलमा वर्षा बाधक बनेको छ ।

वर्षाको कारण मैदान ओसिलो हुँदा नेपाल र सिंगापुरबीचको खेलको टस समेत भएको छैन । दुई टोलीबीचको खेलको टस नेपाली समय अनुसार ९:१५ पछि तय हुनेछ ।

नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । निकै लयमा रहेको सिंगापुरलाई हराउनु नेपाललाई ठुलो चुनौती रहेको छ ।

एसिया कप छनोटमा पुग्ने लक्ष्य सहित थाइल्याण्ड पुगेको नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालको लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।

सिंगापुर भने शीर्ष दुई पक्का गर्दै एसिया कप छनोटमा पुगेको छ । तर, अन्तिम खेलमा नेपाललाई हराएर सिंगापुर अपराजित रहन्छ चाहन्छ ।

३ खेलमा ३ जितका साथ सिंगापुर तालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल भने ३ खेलमा १ जित निकाल्दा २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

यसअघि सिंगापुरले मलेसिया, हङकङ र थाइल्याण्डलाई पराजित गरेको थियो । नेपाल भने थाइल्याण्डमाथि जित निकाल्दा मलेसिया र हङकङसँग पराजित भएको थियो ।

सम्बन्धित खवर