मणिमुकुन्द भलिबलको उपाधि बाग्लुङलाई

मणिमुकुन्द भलिबलको उपाधि बाग्लुङलाई

 

बाग्लुङ जिल्ला भलिबल संघले सातौं संस्करणको मणिमुकुन्द रनिङ शिल्ड अन्तरजिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

रुपन्देहीको तिलोत्तमामा बिहिबार राति भएको फाइनलमा स्याङजा जिल्ला भलिबल संघलाई ३(१ को सेटमा हराएर बाग्लुङले उपाधि जितेको हो ।

उपाधि जित्ने क्रममा बागलुङले स्याङजालाई २५-१७, २१-२५, २५-२१ र २५-१६ को सेटमा पराजित गर्यो ।

उपाधिसँगै बाग्लुङले नगद १ लाख २ हजार २ सय २२ प्राप्त गरेको छ । उपविजेता बनेको स्याङजाले नगद ७२ हजार २ सय २२ प्राप्त गर्यो ।

मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको प्रतियोगितामा गण्डकी र प्रदेश ५ का १२ जिल्लाका टिमले सहभागिता जनाएका थिए ।

सम्बन्धित खवर