प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्ज्वलन

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्ज्वलन

प्रदेश दैनिक संवाददाता, रतुवामाई ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै रतुवामाई नगरपालिका स्थित सोमबारे बजारमा दीप प्रज्ज्वलन गरिएको छ ।

प्रधानमनत्री ओलीका शुभेच्छुकहरुले “ प्रिय प्रधानमन्त्री देश तपाईको मन्द मुस्कानको प्रतिक्षामा छ ” भन्दै मैन बत्ती बालेका हुन् । नेकपा निकट राष्ट्रिय युवा संघ रतुवामाई नगर कमिटी र अनेरास्ववियू रतुवामाई नगर कमिटीको संयुत्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।

संविधान सभा सदस्य गंगा डाँगी , रतुवामाई नगरपालिकाकी उपप्रमुख दयन्तादेवी चुडाल, १० नं वडा अध्यक्ष टंक ढकाल, ८ नं वडा अध्यक्ष नन्दकुमार चापागाई, ६ नं वडा अध्यक्ष तुलाराम लुईटेल, नेकपा मोरङ जिल्ला सदस्य तथा रतुवामाई नगर कमिटी ईन्चार्ज सुमन कालिकोटे, नेकपा मोरङ जिल्ला सदस्य मेघराज शर्मा कट्टेल, समाजसेवी समिर सुवेदी, विद्यार्थी तथा युवा नेताहरुसहित स्थानिय बासीहरुको उपस्थितिमा दीप प्रज्ज्वलन गरिएको हो ।

प्रधामन्त्री ओलीको बुधबार महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा दोस्रो पटक सफल रुपमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गाैला दिएकी थिइन् भने प्रा.डा. खड्काले चार घण्टा ४५ मिनेट लगाएर सफल मिर्गाैला प्रत्यारोपण गरेका थिए ।

सम्बन्धित खवर