वडाले ग¥यो आमा सम्मान तथा शिशु स्याहार कार्यक्रम

वडाले ग¥यो आमा सम्मान तथा शिशु स्याहार कार्यक्रम

पथरी, मोरङका पथरी शनिश्चरे वडा नं. ८ ले आमा सम्मान तथा शिशु स्याहार कार्यक्रम सम्पन्न गरेको छ । बुधबार वडाले आफ्नो वडामा भएका नवजात शिशुहरुलाई स्याहारका लागि भन्दै १ गिलास दुध र फलफुलका लागि प्रति व्याक्ति ७ सयका दरले रकम बितरण गरेको हो ।

वडाका ६२ जना आमाहरुलाई सो रकम वितरण गरिएको वडा अध्यक्ष बाबुराम दाहादलले बताउनुभयो । वडाले चालु आर्थिक वर्षमा नवजात शिशु तथा आमा सम्मान कार्यक्रमका लागि ५० हजार रुपैया विनियोजन गरेको थियो । सोही रकमबाट आमाहरुलाई सम्मान गरिएको हो । साथै वडाको पहलमा नोवेल मेडिकल कलेज विराटनगरले नवजात शिशुहरुको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरेको छ ।

सम्बन्धित खवर