थाइल्याण्डविरुद्ध नेपालले बलिङ रोज्यो

थाइल्याण्डविरुद्ध नेपालले बलिङ रोज्यो

काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको तेस्रो खेलमा नेपालले अहिले आयोजक थाइल्याण्डको सामना गर्दैछ ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले घरेलु टोलीविरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ । थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो ।

मैदान उत्रँदा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । तर, प्रतियोगिताबाट बाहिरिसकेको थाइल्याण्डलाई भन्दा नेपाललाई यस खेल निकै महत्वपूर्ण रहेको छ ।

नेपाल यस प्रतियोगिताबाट उपाधि जित्दै एसिया कप छनोटमा पुग्न चाहन्छ ।

पाँच राष्ट्र सहभागी इस्टर्न रिजनको फाइनल पुग्ने दुई टिमले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

 

त्यसैले शीर्ष दुईमा स्थान बनाउन नेपाललाई थाइल्याण्डविरुद्ध जित निकाल्नुको विकल्प छैन । नेपालले जित निकालेर पनि शीर्ष दुईमा स्थान बनाउन सक्ने छैन ।

नेपाललाई अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्नेछ ।

मुख्यत नेपालले शीर्ष दुईमा स्थान बनाउन हङकङको भर पर्नु पर्नेछ । हङकङले बाँकी रहेको खेलमा फराकिलो जित हात पारे नेपालले शीर्ष दुईमा स्थान बनाउने समिकरण रहेको छ ।

जसमा नेपालले समेत बाँकी खेलमा फराकिलो जित निकाल्नु जरुरी रहेको छ ।

त्यसैले बुधबार नेपालले आयोजकमाथि ठुलो रन रेट बनाउने लक्ष्य सहित खेल्नु पर्नेछ ।

नेपाल २ खेलमा २ हार व्यहोर्दा अंक जोड्न सकेको छैन । नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

थाइल्याण्ड समेत ३ खेलमा कुनै अंक जोड्न नसक्दा तालिकाको पुछारमा रहेको छ ।

पछिल्लो पटक नेपाल र थाइल्याण्ड सन् २०१८ को एस्टर्न रिजनमा खेलेका थिए । जसमा डीएल पद्दतिबाट नेपाल १ सय ४० रनको फराकिलो अन्तरले विजयी भएको थियो ।

सम्बन्धित खवर