दिपेश श्रेष्ठलाई एन्फाले गर्‍यो दुई वर्ष निलम्बन

दिपेश श्रेष्ठलाई एन्फाले गर्‍यो दुई वर्ष निलम्बन

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पा क्लबविरुद्धको खेलमा ‘म्याच फिक्सिङ’को आशंका गरिएका सरस्वती युथ क्लबका कप्तान दिपेश श्रेष्ठलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्षका लागि प्रतिबन्ध लगाएको छ।

लिगको ५९औं खेलमा एन्फाको प्रतियोगिताका निवमावली २१(७)विपरित कार्य गरेकोले २०७६ साल फागुन २ गते बसेको अनुशासन समितिको बैठकले ५० हजार जरिबानासहित एन्फाको आयोजना तथा स्वीकृतिमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा फुटबल खेल्नका लागि दुई वर्षको प्रतिबन्ध लगाइएको एन्फाले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

सम्बन्धित खवर