ग्रिजम्यान नायक बन्दा बार्सिलोना हारबाट जोगियो

ग्रिजम्यान नायक बन्दा बार्सिलोना हारबाट जोगियो

एन्टोनी ग्रिजम्यानले गरेको बराबरी गोलसँगै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेगमा नेपोलीसँग १-१ को बराबरी नतिजा निकालेको छ।

नेपोलीको घरेलु मैदानमा भएको खेलको ३०औं मिनेटमा द्रिइस माटिन्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले पिटोर जेलिन्स्कीको पासलाई पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै सुन्दर गोल गरेका थिए।

पहिलो हाफमा १-० ले पछि परेको बार्सिलोना ५७औं मिनेटमा बराबरी गोल गर्न सफल भएको थियो। नेलसन सेमेइडोले दाँयाँतर्फबाट दिएको क्रसलाई ग्रिजम्यानले ‘ट्याप-इन’ गर्दै जाली चुमाएका थिए।

सोही गोलसँगै बराबरीमा फर्किएको खेलमा दुवै तर्फबाट गोल हुननसक्दा खेल बराबरीमा टुङ्‌गियो। बराबरीसँगै पहिलो लेगमा बार्सिलोनाले १ ‘अवे गोल’ को एडभान्टेज लिएको छ।

मार्च १९ मा बार्सिलोनाको मैदानमा हुने खेलमा गोलरहित बराबरी खेले पनि बार्सिलोना क्वार्टरफाइलनमा पुग्नेछ। नेपोलीलाई कम्तीमा पनि एक गोल गर्नैपर्ने बाध्यता हुनेछ।

सम्बन्धित खवर