वडाले ग¥यो कृषिका लागि मटर वितरण

वडाले ग¥यो कृषिका लागि मटर वितरण

पथरी, ‘वर्षमा एकबाली धान बल्ल तल्ल उब्जाउ हुन्छ । त्यो पनि आकाशको पानी प¥यो भने नभए सिमलतरुल र कोदो फल्छ । अब त मटर (पानी तान्ने पम्प) पाइयो साग सब्जी र अन्य उत्पादन गर्छौँ ।’ वडा कार्यालयले वितरण गरेको मटर लिन आएका मोरङ पथरी शनिश्चरे ८ बागडुक्राका रत्न बहादुर विश्वकर्माले भन्नुभयो । अब मटर पाएपछि सागसब्जी उत्पादन गरेर बजार सम्म लैजाने इच्छा छ रत्न बहादुरको । ८/९ कठ्ठा ऐलानी जग्गा भएका रत्न बहादुरको मात्रै हैन ८ नं. वडाको अधिकांश जग्गामा धान उत्पादन गर्न मुस्किल छ ।

वडाले मटर दिने भएपछि अब राम्रो उत्पादन गर्ने अर्का किसान नर बहादुर श्रेष्ठले बताउनुभयो । आफ्नो २/३ कठ्ठा जग्गामा सागसब्जी उत्पादन गर्ने श्रेष्ठको सोच छ । ९ कठ्ठा जग्गा भएका अर्का किसान जुद्ध विश्वकर्माको पनि ३ कठ्ठामा मात्रै धान फल्छ । बाकीँ जग्गामा कोदो, तरुल, मकै मात्रै फल्ने गरेको विश्वकर्माले बताउनुभयो । सब्जीका लागि बजारको भर पर्ने बाध्यता हट्ने भन्दै किसानहरुले खुसी व्यक्त गरे ।

वडाले चालु आर्थिक वर्षका लागि सिचाई शीर्षकमा ३ लाख रुपैया विनियोजन गरेको वडा अध्यक्ष बाबुराम दाहालले बताउनुभयो । वडाको अधिकांश जमिन बाँझो रहने भएपछि वडाले सिचाईको बैकल्पिक माध्यम खोजेको दाहालले बताउनुभयो । वडामा हाल सिंचाई योग्य जमिन करिब २ सय विगाहा मात्रै रहेको दाहालको भनाइ छ ।

वडाको बजेटबाट नगरको कृषि शाखासंगको सहकार्यमा टेन्डर आवहान गरी मटर खरिद गरिएको वडा सचिव लिलाराज भट्टराईले जानकारी दिनुभयो । हाल आवश्यकता हेरेर ५/६ घरलाई मिलाएर समुह बनाइ प्रत्येक समुहलाई १/१ थान मटर बितरण गरिएको हो । जम्मा ७ वटा समुहले आज मटर पाएका छन् । वडाले मटरका लागि आवश्यक सम्पूर्ण सामान खरिद गरिदिएको र अब मटर गाड्न मिस्त्री र मटर घर निर्माण भने किसान आफैले गर्नुपर्ने छ ।

सम्बन्धित खवर