भोलाले पेनाल्टीमा गोल गर्दै दिलाए पुलिसलाई तीन अंक

भोलाले पेनाल्टीमा गोल गर्दै दिलाए पुलिसलाई तीन अंक

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले साँघुरो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार पुलिसले एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

विभागीय डर्बी भिडन्तमा पुलिसलाई जित दिलाउन कप्तान भोला नाथ सिलवालले निर्णायक गोल गरे ।

खेलको १३ औं मिनेटमा भोलाले पेनाल्टीमा गोल गर्दै पुलिसलाई तीन अंक दिलाएका हुन् ।

रबि पासवानको कर्नरमा भरत साहलाई एपीएफका खेलाडीले डिबक्स भित्र फउल गर्दा पुलिसले पेनाल्टी पाएको थियो । जसमा भोलाले सहजै गोल गरे ।

सम्बन्धित खवर