डा. सि के राउतले गरे शहिद परिवारलाई सम्मान

डा. सि के राउतले गरे शहिद परिवारलाई सम्मान

राजेन्द्र महतो, लाहान

१३औं बलिदानीको अवसरमा डा. सी के राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुर गाउँपालिका सोनवरसामा शहिद परिवारलाई सम्मान गरेको छ। सिरहाको सोनबरसामा आयोजित बलिदानी सभामा डा. राउतले प्रथम मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोका पिता र सहिद प्रमोद सदायको पितालाई सम्मान गरेका हुन्।

उक्त आयोजित बलिदानी सभामा शहिद परिवारका सदस्यहरुले राजपा र समाजवादी पार्टीप्रति आक्रोस व्यक्त गर्दै प्रदेशमा सरकार हुँदा हुँदै पनि सहिद परिवारलाई वास्ता नगरेको र राजपा र समाजवादीले सहिद परिवारलाई दिने भनी घोषणा गरेको ५० लाख पनि नदिएको आक्रोश व्यक्त गरेका छन् ।

सम्बन्धित खवर