अगरबत्ती तालिम सुरु

अगरबत्ती तालिम सुरु

पथरी, स्वरोजगार बनाउने उद्देश्यले मोरङ पथरी शनिश्चरे वडा नं. ८ मा अगरबत्ती बनाउने तालिम सुरु भएको छ । वडा कार्यालयको सहयोग र प्रदेश भिजन प्रा.लि.को आयोजनामा ४ दिने तालिमको आइतबार वडा अध्यक्ष बाबुराम दाहालले उद्घाटन गर्नुभयो ।

वडाले विनियोजन गरेको ५० हजार रुपैयाबाट वडाका महिलाहरुलाई स्वरोजगार बनाउनका लागि तालिम गरिएको दाहालले बताउनुभयो । तालिमको सहजीकरण रेनुका बरालले गर्दै हुनुहुन्छ । ४ दिन सम्म चल्ने तालिम माघ ८ गते समापन हुने छ । ३० जना सहभागीहरु भनिएको भएता पनि तिब्र इच्छा र चाहना लिएर वडाका ४५ जना महिलाहरुले अगरबत्ती तालिममा सहभागी भएका छन् ।

लक्षित समुहको बजेटबाट वडा नं. ८ मा विभिन्न तालिमहरु संचालन भइरहेका छन् । शनिबार मात्रै अचार बनाउने तालिमको समापन गरिएको थियो ।

सम्बन्धित खवर