पथरी शनिश्चरेमा आगलागी, ५५ लाख बराबरको क्षति भएको अनुमान

पथरी शनिश्चरेमा आगलागी, ५५ लाख बराबरको क्षति भएको अनुमान

पथरी, मोरङको पथरी शनिश्चरे ५ शान्तीचोकमा आगलागी हुदा ५५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । शनिबार विहान करिब ७ः३० बजेको समयमा चन्द्र बहादुर रिजालको घरमा अचानक आगलागी भएको हो ।

आगलागीबाट १७ तोला सुन, २० तोला चाँदी, ३ लाख ५० हजार नगद र आद्यान्न तथा लत्ताकपडा सहित गरेर ५५ लाखको क्षति भएको परिवारले जनाए पनि यकिन विवरण भने आइ नसकेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो । आगलागीबाट काठको सेन्टर बेरा भएको २ तले घरमा पूर्ण रुपमा क्षति भएको छ ।

आगलागी फ्रिजमा विधुत चुहावट (सर्ट) भएर लागेको जनाइएको छ । इलाका प्रहरी कार्यालय पथरी, स्थानीय र रंगेली नगरपािलकाको बारुण यन्त्रले अगो नियन्त्रणमा लिएको स्थानीय बेदनाख खतिवडाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर