वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेश जाने कामदारलाई दिइने सीप तालिममा कडाई गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई विभिन्न संस्थाहरुसँगको समन्वयमा तालिम प्रदान गर्दै आएपनि त्यसको प्रभावकारीतामा प्रश्न उठ्न थालेपछि बोर्डले नयाँ कार्य्विधी नै बनाएर तालिम सञ्चालन गर्ने तयारी थालेको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । तालिम सञ्चालनका निर्धा्रित पाठ्यक्रम अनुसार भए नभएको समेत अनुगमन गरिने श्रेष्ठले बताउनुभयो ।उहाँले भन्नुभयो, अहिले हाम्रो सम्पूर्ण ध्यान सीप तालिममा केन्द्रित छ, विगतमा कोही कसैले तालिमलाई किनबेच नै गरेको भन्ने पनि सुनियो, तर अब त्यस्तो हुन्न । उहाँले तालिमको प्रभावकारीताका विषयमा प्रश्न उठेपछि राष्ट्रिय आप्रवासी श्रोत केन्द्र सञ्चालन सम्वन्धी कार्य्विधी बनाई मन्त्रालयमा पठाएको र सो कार्य्विधि पारित हुनासाथ बोर्डको श्रोतमा सञ्चालन हुने तालिमलाई मिडिया मोनिटरिङका आधारमा सञ्चालन गरी प्रभावकारी बनाइने बताउनुभयो ।
सरकारले वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्या्दित बनाउन भन्दै तालिम सञ्चालन गर्दै आएको छ । बोर्डले चालु आर्थिक वर्ष नियमित कल्याणकारी तथा सीप विकासका अन्य कार्यक्रमका लागि १ अर्ब ३० करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
बोर्ड अन्तर्गत हाल १ सय ५६ वटा अभिमुखीकरण तालिम प्रदायक संस्थाहरु रहेका छन् । खाडी मुलुक, मध्यपूर्व, मलेसिया, जापान तथा कोरिया, ईजरायल र अन्य गरी ६ वटा क्लष्टरमा विभाजन गरिएको छ । बोर्डले हाल १२ वटा सीप तालिम पाठ्यक्रमहरुलाई परिमार्जन गरी राष्ट्रिय सीप परीक्षण समितिको तह १ बराबर अर्थात् न्यूनतम एक महिनाको १ सय ६० घण्टाको तालिमको व्यवस्था गरेको छ ।
