अत्यधिक चिसो र शीतलहरका कारण सिरहाका सबै विद्यालय पाँच दिनका लागि बन्द

अत्यधिक चिसो र शीतलहरका कारण सिरहाका सबै विद्यालय पाँच दिनका लागि बन्द

राजेन्द्र महतो, लहान

विगत केही दिन देखि लगातार बढेको अत्याधिक चिसो र शीतलहरका कारण मधेस तथा तराईको जनजीवन कष्टकर बनेपछि आइतबार देखि सिरहा नगरपालिकाका सबै विद्यालयमा पाँच दिनका लागि पठनपाठन बन्द गरेका छन् ।

नगरपालिका शिक्षा शाखा प्रमुख सुबोध लामाले एक सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिका भित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको सार्वजनिक गरेका छन् ।

वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएको शिक्षा शाखा प्रमुख लामाले बताएका छन् ।
अत्यधिक चिसो बढेपछि स्थानीय प्रहरी, प्रशासन तथा नगरपालिका र गाउँपालिकाले ठाउँ ठाउँमा सर्वसधारणका लागि आगो ताप्न दाउरा बाल्नुका साथै न्यानो लुगा कम्बल, सिरक लगायतका सामग्री वितरण गर्दै आएका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । चिसोबाट बिरामी हुनेहरुको चाप स्वास्थ्य संस्थामा बढ्दै गएको स्वास्थ्य संस्थाहरुले जनाएका छन् ।

सम्बन्धित खवर