मिस रतुवामाईकी विजेता श्रेष्ठलाई राईजिङ्ग स्कुलले गर्यो सम्मान

मिस रतुवामाईकी विजेता श्रेष्ठलाई राईजिङ्ग स्कुलले गर्यो सम्मान

प्रवेश बिष्ट, रतुवामाई
प्रथम मिस रतुवामाई प्रतियोगिताको विजेता बनेकी निश्मा श्रेष्ठलाई रतुवामाई ६ मा रहेको राईजिङ्ग स्कुलले आज एक कार्यक्रमका बिच सम्मान गरेको छ । उनी राईजिङ्ग स्कुलको पूर्व विद्यार्थी समेत हुन् । राईजिङ्ग स्कुलमा उनले कक्षा नर्सरी देखी १० कक्षासम्म अध्ययन गरेकी थिइन् । आज विद्यालयमा विद्यालयका प्रधानाध्यापक विश्वनाथ राय, उपप्रधानाध्यापक अर्विनद राय, अन्य शिक्षक शिक्षिकाहरु र विद्यार्थाीहरुका माझ श्रेष्ठलाई बधाई तथा शुभकामना प्रदान गरिएको हो ।

सोमबार सम्पन्न मिस रतुवामाईको फाइनलमा आफ्ना १३ जना प्रतिस्पर्धीहरुलाई पाखा लगाउँदै उनी पहिलो मिस रतुवामाई बन्न सफल भएकी हुन् । मिस रतुवामाई सँगै उनले अर्को विधा मिस पर्सनालिटी पनि जितेकी थिइन् । विजेता भएसँगै नगद रु ५०,००० , आयजोन इन्टरनेट एक वर्षका लागि निशुल्क र पोखरा भ्रमण गर्ने मौका समेत प्राप्त गरेकी हुन् ।

आफूले पढाएको विद्यार्थीको सफलता देखेर राईजिङ्ग स्कुलका उप प्रअ अर्विन्द रायले निश्मालाई अझ बढी सफलताको कामना गर्दै गलत बाटोमा नलाग्न सुझाब दिनुभयो । साथै उँहाले हरेक नारीको प्रेरणका स्रोत बन्न शुभकामना पनि प्रदान गर्नुभयो । महिला हिंसाको विरुद्यमा आफूले सकेको काम गर्न कहिल्यै पछि नहट्न निश्मालाई प्रेरणा व्यक्त गर्नुभयो ।

मिस रतुवामाई २०१९ को विजेता बनेकी रेश्मा श्रेष्ठले अभिभावकको साथ र सहयोगले नै यो प्रतियोगिता जित्न सफल भएको बताईन । नगरपालिका भित्रका आउदो पुस्ताका माझमा एउटा उदाहरण बनेर देखाउने र विकृति मुक्त समाज निर्माणमा जोड दिने प्रदेशी दैनिकका सञ्चारकर्मि प्रवेश बिष्टसँग निश्माले बताई ।

सम्बन्धित खवर