धनुषा बम बिस्फोट अपडेट, प्रहरी इन्सपेक्टरसहित ३ जनाको मृत्यु, ५ गम्भीर घाइते

धनुषा बम बिस्फोट अपडेट, प्रहरी इन्सपेक्टरसहित ३ जनाको मृत्यु, ५ गम्भीर घाइते

धनुषा, हिजो राती भएको शक्तिशाली बम बिस्फोटमा परी ज्यान गुमाउनेहरुको संख्या तीन पुगेको छ । धनुषाको छिरेश्वर नगरपालिका ५, महेन्द्रनगर बजारमा हिजो राती बम विष्फोट भएको थियो । घटनामा घाइतेमध्ये एकजनाको ज्यान गएपछि मृतकहरुको संख्या ३ पुगेको हो ।

यस घटनामा परी गम्भीर घाइते भएका ६ जनामध्ये प्रहरी निरीक्षक अमिर दाहालको आज बिहान उपचारको क्रममा धरानमा ज्यान गएको हो । शुक्रबार मध्यरातमा भएको विस्फोटमा छिरेश्वर बजारका राजेश्वर साह र उहाँका छोरा आनन्द साहको ज्यान गएको थियो । अन्य ५ जना घाइतेहरुको उपचार भइरहेको छ ।

घर नजिकै राखिएको बम विष्फोट हुँदा राजेश्वरका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि घाइते भएका छन् । विष्फोटमा प्रहरी निरीक्षक अमिर दाहाल, प्रहरी जवान रिजन महतो र अरु दुई जना पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दाहाल र महतोको जनकपुरमै उपचार भइरहेको छ । विष्फोटबाट राजेश्वरको घरमा सामान्य क्षति पुगेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सम्बन्धित खवर