निर्वाचनका सबै वाचा पुरा गर्छु ः स्वास्थ्य मन्त्री ढकाल

निर्वाचनका सबै वाचा पुरा गर्छु ः स्वास्थ्य मन्त्री ढकाल

पथरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले निर्वाचनका बेलामा गरेका वाचा सरकारले पुरा गरिछाड्ने प्रतिवद्धता दोहोर्याउनु भएको छ ।

मन्त्री ढकालले बिहिबार मोरङको पथरी शनिश्चरेमा नगरमा नेपाल कम्यूनिष्ट पार्टीले आयोजना गरेको निर्वाचन क्षेत्र नम्वर ३ को बसोबासको समस्या समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै त्यस्तो प्रतिवद्धता दोहोर्याउनु भएको हो ।

कार्यक्रममा, निर्वाचन क्षेत्र नम्वर ३ का सांसद समेत रहेका मन्त्री ढकालले निर्वाचनका बेला उठाउनु भएको बसोबासको समस्या समाधानमा पहल गर्न अव्यवस्थित बसोवास व्यवस्थापना पहल समितिमार्फत सुझाव सहित चाँडो पहलको ज्ञापनपत्र पेश गरिएको थियो । ज्ञापनपत्रमा, जग्गा भोग गर्ने सुकुम्वासीलाई कुल मुल्यको २५ प्रतिशत रकम रजिष्ट्ेशन शुल्क लिनु अन्यायपूर्ण भएकाले बढीमा २ प्रतिशत लिनुपर्ने, दोहोरो स्वामित्व देखिने किर्ते गरेर निकालेका पूर्जा बदर गरी भोगचलन गर्ने पक्षलाई पूर्जा दिइनु पर्ने माग राखिएको छ । कानेपोखरीकातर्फबाट ६ नम्वर वडाध्यक्ष खड्गबहादुर वस्नेतले त्यहाँको पनि उस्तै खाले बसोबासको समस्या दर्शाए ।

ज्ञापनपत्र बुझिसकेपछि मन्त्री ढकालले जवाफ दिँदै वसोवास सहितका निर्वाचनमा गरेका वाचाहरु पुरा गर्न सरकार प्रतिवद्ध रहेकाले बसोवासको समस्या समाधानका लागि विधेयक बनिसकेको प्रष्ट्याउनु भएको छ ।

उहाँले आफु कानूनमन्त्री हुँदा बसोवासको विधेयक सहितका २ सय ४२ कानून वनाएसकेको र बसोवासको विषयमा भूमि सुधार मन्त्रालयले काम अघि बढाउने बताउनु भएको छ । उहाँले भूमिसुधार मन्त्रालय, वन मन्त्रालय सहित स्थानीय सरोकारवालाहरुसँग सुकुम्वासी, दोहोरो स्वामित्व सहितका विद्यमान समस्याका बारेमा अन्तरक्रिया राखेर प्रष्ट्याउनु पर्ने सुझाव समेत दिनुभएको छ । उहाँले जादुको छडीजस्तो एकैचोटी सवै समस्याको समाधान गर्न नसकिने र केही समय भनें लाग्ने गरेको कुरालाई अफवाह फैलाउन नहुने तर्क राख्नुभयो ।

सो क्रममा मन्त्री ढकालले पथरी नगर अस्पताल अवलोकन गर्नुभयो । उहाँलाई अस्पतालका लागि भवन तथा थप स्वास्थ्यकर्मी सहितको व्यवस्थापनमा सहयोग पुर्याउन नगरपालिका प्रमुख दिलिपकुमार राईले माग गर्नुभएको छ ।

सम्बन्धित खवर