काङग्रेस नेता शुनिल शर्मा र मिनेन्द्र रिजालले गरे घरमै पुगेर बिरामीको उद्धार

काङग्रेस नेता शुनिल शर्मा र मिनेन्द्र रिजालले गरे घरमै पुगेर बिरामीको उद्धार

पथरी, कांग्रेस नेता डा. सुनिल शर्माले घरमै पुगेर बिरामीको उद्धार गरेका छन् । संघीय सांसद डा. मिनेन्द्र रिजाल र नेता शमाले रंगेली नपा २ का मुटुरोगी श्याम कुमार ऋषिदेवको घरमै पुगेर उद्धार गरेका हुन् । ऋषिदेवको हाल नोवेल मेडिकल कलेज बिराटनगरमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था कमजोर रहेका ३६ वर्षीय ऋषिदेव ८ महिना देखि मुटुको समस्याबाट पिडीत भई उपचार गराउन नसक्दा ओछ्यानमा परेका थिए । उनको गम्भीर अवस्था देखेपछी डा. रिजाल र शर्मा एम्बुलेन्स नै लिएर उद्धारका लागि घरमै पुगेका थिए ।

मजदुरी गरी जिविका चलाउँदै आएका ऋषिदेवको २ वर्ष देखि नियमित छाती दुख्ने र खोकी लग्ने गरेता पनि स्वास्थ्यको ख्याल नगरी आफनो पत्नी सहित २ छोरी र १ छोराको लालनपालन गर्दै आएका थिए तर छ महिना यता देखि अत्याधिक रुपमा छाती दुखेसंगै गाँऊ घरमै साधारण औषधी उपचार गर्दै आएका थिए । पछि निको नभएपछी विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा स्वास्थ्य जाँच गराउँदा मुटुमा समस्या रहेको थाहा पाएका थिए ।

आर्थिक अभावका कारण रोग बोकेर ओछ्यान परेपछी प्रतिनिधिसभा सदस्य डा. रिजालले नोवेल मेडिकल कलेजका प्रमुख शर्मा संग समन्वय गरेर मंगलबार ऋषिदेवलाई घरमै एम्बुलेन्स लगेर उद्दार गरेका हुन् । सो क्रममा प्रतिनिधिसभा सदस्य डा. रिजालले ऋषिदेवको उपचारको सम्पुर्ण जिम्मा नोबेल मेडिकल कलेजका प्रमुख शर्माले लिएकाले पिडीतको उपचार सम्भव भएको बताए । यता नोबेल मेडिकल कलेजका प्रमुख शर्माले ऋषिदेवको ओपन हार्ट सर्जरी गर्नुपर्ने अवस्था देखिएको बताउदै सम्पूर्ण स्वास्थ्य परीक्षण गरी विरामीलाई निशुल्क स्वास्थ्य उपचार गरिदिने बताएका छन् ।

सम्बन्धित खवर