५ लाख २९ हजार भारु सहित महराको टिम पक्राउ

५ लाख २९ हजार भारु सहित महराको टिम पक्राउ

राजेन्द्र महतो, लहान

सिरहाको भगवानपुर गाउँपालिका १ भगवानपुर चौक स्थित भारतबाट नेपाल तर्फ भारतीय रुपैयाँ ५ लाख २९ हजार र नेपाली रुपैया ४९ हजार ल्याउदै गरेको कार सहित चार नेपाली नागरिकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

बिशेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहान, सिरहाबाट खटिएको प्रहरी टोलिले भारतको लौकाहाबाट आउँदै गरेको WB06f 7232 नम्बरको FIAT कारलाई रोकि चेकजाच गर्दा सिरहाको कर्जन्हा नपा ९ को ३२ वर्षीय उमेश कुमार महरा, सिरहा लहान नपा १९ को २९ वर्षीय जिवछ कुमार साह, वडा नं. २० को ४० वर्षीय श्रीदेव महतो श्रवण कुमार चौधरी र सुनसरी रामधुनी नपा ९ को ३९ वर्षीय श्रवण कुमार चौधरीको साथबाट भारतीय रुपैया रु ५ लाख २९ हजार र नेपाली रुपैया ४९ हजार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई भारतीय रुपैया र कार सहित आवश्यक कार्वाही तथा थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय लहान सिराहाका प्रमुख तथा डिएसपी भेषराज रिजालले बताएका छन्।

सम्बन्धित खवर