उपनिर्वाचनका लगि ५२ प्रकारका मतपत्र छापियो, सबैभन्दा लामो धरानको

उपनिर्वाचनका लगि ५२ प्रकारका मतपत्र छापियो, सबैभन्दा लामो धरानको

 

१४ मंसिरमा हुने स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ५२ प्रकारका मतपत्र छापिएको छ । ती मतपत्र र निर्वाचन सामाग्री सम्बन्धित निर्वाचन क्षेत्रमा र्पुयाउने जिम्मा नेपाली सेनालाई दिइएको छ ।
निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।
दाहालका अनुसार सबैभन्दा लामो मतपत्र धरान उपमहानगरपालिको छ । धरान उपमहानगरपालिका प्रमुखका लागि सबैभन्दा धेरै २३ जना उम्मेदवार छन् । दोस्रो धेरै उम्मेदवार महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि छन् । पिपरा गाउँपालिका अध्यक्षका लागि २० जना उम्मेदवार छन् ।
मतपत्र ढुवानीको जिम्मा सेनालाई
निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार उपनिर्वाचन हुने क्षेत्रमा मतपत्र ढुवानी सुरु भइसकेको छ । मंसिर ७ गते सबै निर्वाचन क्षेत्रमा मतपत्र र निर्वाचन सामग्री र्पुयाइसक्ने लक्ष्य छ । मतपत्रलगायतका निर्वाचन सामग्री संवेदनशील भएकाले ढुवानीको जिम्मा नेपाली सेनालाई दिइएको निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच निर्वाचन आयोगले बिहीबारबाट निर्वाचन शिक्षा सुरु गर्दैछ । निर्वाचन शिक्षा ११ गतेसम्म चल्ने छ । ११ गते रातिदेखि मौन अवधि सुरु हुन्छ ।
उपनिर्वाचन हुने क्षेत्रका प्रत्येक वडामा दुई जनाका दरले मतदाता शिक्षा कार्यकर्ता खटाइएको छ । उनीहरुले घरघरमा गएर मत बदर नहुने किसिमले मतदान गर्ने तरिका सिकाउने छन् ।
कास्की क्षेत्रनम्बर २ बाट एक जना प्रतिनिधिसभा सदस्य तथा भक्तपुर क्षेत्र नम्बर १ को (क), बागलुङ क्षेत्र नम्बर २ को (ख) र दाङ क्षेत्र नम्बर ३ को (ख) बाट तीन जना प्रदेशसभा सदस्य चुनिने छन् । अनलाईनखबर

सम्बन्धित खवर