पथरी बहुमुखीमा बन्नेभयो सरस्वती मन्दिर, कठायत परिवारले गरे सिल्यान्यास

पथरी बहुमुखीमा बन्नेभयो सरस्वती मन्दिर, कठायत परिवारले गरे सिल्यान्यास

पथरी, मोरङको पथरीशनिश्चरे ९ का सन्तोष कठायतको परिवारले पथरी बहुमुखी क्याम्पसमा सरस्वतीको मन्दिर निर्माण गरिदिने भएको छ । शनिबार एक कार्याक्रमका बिच कठायत परिवारको क्रियतामा मन्दिरको शिल्यान्यास समेत भएको छ ।

विभिन्न सामाजिक कार्यहरु गर्दै आएको कठायत परिवारले क्याम्पसका लागि मन्दिर आवश्यक रहेको ठानेर निर्माण गर्न लागेको सन्तोष कठायतले बताउए । मन्दिर आकर्षक बनाइने कठायतको भनाइ छ । कार्यक्रममा बोल्दै कठायतले सामाजिक काममा आफुलाई समर्पित गरेकोले खर्चमा कुनै सम्झौता नगरी आकर्षक र गुणस्तरीय मन्दिर निर्माण गर्ने बताउनु बताए ।

समाजसेवी कठायतले यस अघि ९ नम्बर वडामा रहेको आदर्श सीता आधारभूत विद्यालयलाई जग्गा दान, १० नम्बर वडामा शिवालय मन्दिर निर्माण, स्थानीय किर्तन मण्डलिलाई भवन, चेनगेट निर्माणमा सहयोग, सिंहवाहिनी मा.विलाई आर्थिक सहयोग लगायतका सामाजिक कार्य समेत गरिसकेका छन् ।

सम्बन्धित खवर