पथरी शनिश्चरे खुल्ला नकआउटमा लेटाङ फाइनल प्रवेश

पथरी शनिश्चरे खुल्ला नकआउटमा लेटाङ फाइनल प्रवेश

पथरी, साबिक बिजेता लेटाङ फुटबल क्लब मोरङको पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो सेमिफाइनल खेलमा योसेक फुटबल क्लब उर्लाबारीलाई १–० गोल अन्तरले पराजित गर्दै लेटाङ उपाधी नजिक पुगेको हो ।

खेल सुरु भएको ९ औँ मिनेटमा लेटाङका खेलाडी भुवन राईले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच योसेक क्लब उर्लाबारीका खेलाडी प्रकाश भुजेल घोषित भए ।

सोमबारको सेमिफाइनल खेल पञ्चायन फुटबल क्लब धरान सुनसरी र डाँगिहाट फुटबल क्लब मोरङवीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए ।

सेमिफाइनलमा मोरङको लेटाङ, उर्लाबारी, डागिहाट र सुनसरी पञ्चायन फुटबल क्लब धरान प्रवेश गरेका हुन् ।

सम्बन्धित खवर